नेपाल बैंकको गण्डकी र सुदुरपश्चिम प्रदेशको गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदुरपश्चिम प्रदेशमा प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । चितवनको सौराहामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, गण्डकी र सुदुरपश्चिम प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ४५ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *