कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला आह्वान भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा शुक्रबार संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो । ‘नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि भोलि २०८२ पौष २५ गते शुक्रबार दिनको ठिक १०ः०० बजे आनन्दभुमी पार्टी प्यालेस (न्यु बानेश्वर होटल एभरेष्ट पछाडी) मा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ,’ सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई पठाइएको म्यासेजमा लेखिएको छ ।

बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि आफ्नो समूहका सदस्यहरूको भेला बोलाइएको हो । बिहान देउवा निवास महाराजगञ्जमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बरालसहितका नेताहरू पुगेका थिए । भेलामा संस्थापनका पदाधिकारी तथा पूर्वपदाधिकारी पनि सहभागी हुने नेताहरूले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *