आज सुनको भाउ ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम

काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो । त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदीको भाउ प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *