बतासे अन्डाबाट चल्ला निस्कँदैन : ओली
काठमडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का वरिष्ठ नेता बालेन्द्र साहलक्षित ‘बतासे अन्डाबाट चल्ला ननिस्कने टिप्पणी गरेका छन् । एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनकेन्द्रित कार्यकर्ता भेलामा उनले यस्तो टिप्पणी गरेका हुन् । हाल लडाइँ देश जलाउने कि बनाउनेको बीचमा रहेको उनले बताए । बालेन झापा–५ मा आफूसँग सिँगौरी खेल्न आइपुगेको उनले टिप्पणी गरे ।
उनले एमाले देश बनाउने शक्ति भएको बताए । देश जलाउने शक्ति कहिल्यै सफल नहुने उनले उल्लेख गरे । अराजकता मच्चाउँदै जाने कि विधि, कानुनको शासन कायम गर्ने भन्ने हिसाब आउँदो निर्वाचनले गर्ने उनले बताए । ओखलढुंगाबाट अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । अध्यक्ष ओलीले रास्वपालगायत शक्तिले नराम्रो काम मात्र गर्न जानेको आरोप लगाए । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो कि होइन त्यो पनि थाहा छैन । आगो झोस्न जानेको छ, देश बिगार्न, भड्काउन, तोडफोड गर्न जानेको छ । लुटपाट गर्न जानेको छ । आगजनी गर्न जानेको छ ।
















