यूनाइटेड इन्स्योरेन्सको संचालकमा ६ जना निर्वाचित

काठमाडौँ । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो ।

जसमध्ये संस्थापक शेयरधनीबाट निर्वाचित हुनेमा रविभक्त श्रेष्ठ, राज रिमाल दिवक ओली र प्रियंका श्रेष्ठ छन् । त्यस्तै, सर्वसाधारणको तर्फबाट विलसनमान रञ्जित र रबिन्द्रराज पन्त रहेका छन् । कम्पनीको २८औं वार्षिक साधारणसभा जेठ २३ गते बसेको थियो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढमसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएको छ । कम्पनीले चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । कम्पनी गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७/७८ मा बीमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि भई १ अर्ब १० करोड ३३ लाख २ हजार ७६९.०५ गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७/७८ मा कम्पनीको नाफामा ५ सय प्रतिशत भन्दा बढिले वृद्धि भई १० करोड ५२ लाख ९८, हजार ८८७.२८ भएको छ ।

साथै आ.व. २०७७÷७८ को तेस्रो त्रैमासिक अवधि सम्मको तुलनामा आ.व. २०७८÷७९ को सोहि अवधि सम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन ३८ प्रतिशत भन्दा बढीले वृद्धि भई १ अर्ब २५ कारेड ५१ लाख १ हजार ७०.२८ भएको छ । त्यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशतभन्दा बढिले वृद्धि भएको तथा प्रतिशेयर आयमा ९८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *