भाटभटेनीका सञ्चालक गुरुङ दम्पत्ती र प्रधानमन्त्रीबिच भेटवार्ता
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ दम्पत्तीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गुरुङ दम्पत्तीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । त्यस अवसरमा गुरुङले प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश समेत रहेकी कार्कीले देशको न्यायिक इतिहासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै स्थापित मानक र नेतृत्व आज पनि प्रेरणाको स्रोत बनेको बताए।

उनका ऐतिहासिक उपलब्धिहरूले महिलाहरूका लागि नयाँ बाटो खोल्नुका साथै देशलाई सुशासन र विधिको शासनतर्फ अघि बढाउन ठुलो भूमिका खेलेको गुरुङले बताए । यस महत्वपूर्ण अवसरमा उनको समर्पण, साहस र दूरदर्शी नेतृत्वप्रति हामी हार्दिक सम्मान व्यक्त गर्दछौं। नेपालको उज्ज्वल भविष्य निर्माणमा उहाँले पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ ।
















