सर्वोत्तम तथा जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाण्डौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको तिनकुनेस्थित नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरमा विभिन्न अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ। कार्यक्रम अन्तर्गत कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका सामग्रीहरू प्रहरी नायब उपरीक्षक राजकुमार सिंह लाई कम्पनीका तर्फबाट निर्देशक टीका राम न्यौपाने र दिवस न्यौपाने ले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। संस्थाका प्रतिनिधिहरूका अनुसार समाजप्रति उत्तरदायी रहँदै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले सामग्रीहरू प्रदान गरिएको हो। यस सहयोगले प्रहरी कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

सर्वोत्तम सिमेन्टले यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो उद्योगको रूपमा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा क्लिंकर प्लान्ट सञ्चालन गर्दै आएको छ। कम्पनीले आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित तथा नेपाल र भारतको गुणस्तर प्रमाणित ४३ र ५३ ग्रेड सिमेन्ट ब्राण्डहरू नेपालभर बिक्री वितरण गर्दै आएको छ। त्यस्तै, जगदम्बा सिमेन्टले उच्च गुणस्तरको कच्चा पदार्थ र आधुनिक उपकरण प्रयोग गर्दै निरन्तर सुधारका साथ ४३ र ५३ ग्रेड सिमेन्ट उत्पादन र वितरण गर्दै आएको छ। दुवै कम्पनीले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *