छोराछोरी नभएकी विधवाले अर्को बिहे गरे पूर्वपतिको सम्पत्ति आफ्नै हुने कानुन खारेज

काठमाडौँ । अंश पाएकी विधवाले अर्को बिहे गरे उक्त सम्पत्ति आफैँले राख्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) बदर गर्ने फैसला गरेको हो । महिला कानुन विकास मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता मिरा ढुङगाना समेले दायर गरेको रिटमा सर्वोच्चले रिट जारी गरेसँगै अब कुनै विधवाले आफ्नो नाममा भएको सम्पत्ति सँगै लैजान पाउनेछिन् । मुलुकी देवानी संहिता २१४ को २ मा विधवाले अर्को विवाह गरे निजले अंशबापत पाएको सम्पत्ति अघिल्लो पतितर्फ छोराछोरी भए त्यस्ता छोराछोरीले र नभए निज आफैँले लिन पाउने व्यवस्था थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *