बैंक अफ काठमाण्डूको क्युआर सेवा मासु पसलमा
काठमाडौँ । बैंक अफ काठमाण्डूले व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ । एक औपचारीक कार्यक्रमकाबीच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरे ।
तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ । बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विभिन्न स्थानहरुमा विशेष छुटको व्यवस्था समेत बैंकले गरेको छ । ग्राहकहरुले बैंकको वेब साइटमार्फत उक्त छुटबारे जानकारी लिन सक्नेछन् ।