सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजारले हात पारे शेयर

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। बिक्री अवधिभर २७ लाख ५९ हजार ४९० जनाले आवेदन दिएकोमा २७ लाख २७ हजार ५१५ जनाको आवेदन मात्रै स्वीकृत भएको छ। मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको छ। बाँडफाँडमा ४ लाख ६७ हजार ४०० जनाले १०,१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *