गणेश नेपालीको आमालाई पूर्वमन्त्री बस्नेतबाट एक लाख सहयोग

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गणेश नेपालीकी आमालाई एक लाख रुपैयाँ सहयोग गरेका छन्। आज बस्नेतले नेपालीकी आमालाई नगद १ लाख सहयोग गरेका हुन्। मुगु घर भएका २५ वर्षीय नेपालीको काठमाडौंस्थित त्रिपुरेश्वरमा आत्मदाहपछि उपचारका क्रममा निधन भएको थियो। पूर्वमन्त्री बस्नेतले आफ्नो तर्फबाट एक लाख रुपैयाँ सहयोग गरिएको बताएका छन्। उनले गणेशको सन्तानलाई स्नातकसम्म निस्शुल्क शिक्षाको व्यवस्थाका लागि पनि आफूले पहल गर्ने बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *