उमेरको हतकडि

व‌ैंशालु पन शिथिल भयो
बिना आधार जीवन रह्यो
अब जीवन ठोकिदैन
मनको पीडा रोकिदैन ।१

कहाँ जाने कता जाने
खाने बस्ने ठेगान छैन
उमेरको हतकडिले
अब मिल्ने होकि हैन ।२

साहाराको पिर व्यथा
कहिले होला मुक्ति हाम्रो
हातगोडा लर्याङ वर्याङ
हुने छैन जुक्ति राम्रो ।३

शक्ति बिना आँट हुन्न
बल्ल आज बुझेका छौं
बुढ्योलि पन झर्को फर्को
मनभारिले रुझेका छौं।४

आशा रुपि सदभावको
भुलि जाने रैछ संसार
श्रृष्टिरुप शक्ति रुप
नबुझिने रैछ अपार ।५

र्बैशालुपन शिथिल भयो
बिना आधार जीवन रह्यो
अब जीवन ठोकिदैन
मनको पीडा रोकिद‌ैन ।६


सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *