‘माइतीमा के छ र मेरो, खाइयो पानी बिर्सियो पँधेरो’ तीज गीतको अडियो सार्वजनिक

काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘माइतीमा के छ र मेरो, खाइयो पानी बिर्सियो पँधेरो’ को अडियो सार्वजनिक गरिएको छ । खगराज बराल (श्रमिक बराल) को शब्द रचना, गङ्गाधर पराजुलीको सङ्गीत र ऋतु कँडेलको स्वरमा तयार पारिएको यो गीतमा विवाहपश्चात् चेलीको जीवन, माइतीको सम्झना र मौलिक भावनाहरूलाई निकै लयात्मक तथा गेयात्मक रूपमा प्रस्तुत गरिएको छ । ग्रामीण लोक जीवनमा प्रयोग हुने पँधेरी, सन्दुक, प्याउली, दैलो जस्ता जीवन्त र मौलिक शब्दहरूको प्रयोगले गीतलाई अझै सरस र स्रोताको मन छुने बनाएको छ ।

गीतमा नरेन्द्र वियोगीको सङ्गीत संयोजन (एरेन्ज) रहेको छ । यस्तै, सनाईमा शिशिर परियार, जोर मादलमा भरत बुढाथोकी र पोषण धर्ती, बाँसुरीमा रत्न वि.क., तथा गितार र मान्डोलिनमा पुरस्कार खड्काको बादन रहेको छ भने बिनी श्रेष्ठ र सिर्जना खतिवडाले कोरस स्वर दिएका छन् । वेब स्टुडियो अनामनगरमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ विनोद महताराले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीकै रहेको छ । ‘Gangadhar Parajuli Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतको भिडियो पनि चाँडै नै दर्शक,स्रोतामाझ ल्याइने निर्माण पक्षले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *