रास्वपाका पूर्व नगर सभापति न्यौपाने कांग्रेस प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर,सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आबद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरे । मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन कांग्रेस सभापति थापा नेतृत्वसहित कांग्रेस अघि बढिरहेकाले आफू कांग्रेसमा आबद्ध भएको बताए । उनले कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । सभापति थापाले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा सभापति थापाले न्यौपानेलाई पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय भएर काम गर्न आग्रह गरेका थिए । न्यौपानेको कांग्रेस प्रवेशले सर्लाहीमा कांग्रेसको सङ्गठन विस्तारमा सघाउ पुग्ने थापाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *