सहयात्री साकोसको २१ औं साधारण सभा सम्पन्न

काठमाण्डौं । सहयात्री बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजीकोष अनुपात १६ प्रतिशतको हारहारीमा रहेको छ । संस्थाको २१ औ साधारण सभाको अवसरमा अध्यक्ष खेम राज सुवेदीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थागत पुँजीकोष अनुपात १६ प्रतिशत रहेको हो । संस्थाका अध्यक्ष सुवेदीले आर्थिक बर्ष २०८२।८३ को सभामा प्रस्तुत वार्षिक प्रतिवेदनले कुल बचतमा नियमित बचतको हिंसा ७२ प्रतिशत रहेको देखाएको छ । त्यसैगरी कुल बचतमा आवधिक बचतको हिंसा ९.३४ प्रतिशत र नकमाउने सम्पत्ति ५ प्रतिशत भन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको यी सुंचकहरुले सदस्यको बचत सुरक्षित रहेको र संस्थामा जोखिम कम रहेको देखाएको उनको भनाई छ । संस्थाले खराव ऋणको लागि ऋण नोक्सानी व्यवस्था गर्दै लगेको र वित्तीय सुरक्षालाई विशेष ध्यान दिएको अध्यक्ष सुवेदीले सभामा जनाए । २०६३ सालमा २६ जना सदस्य र २६ हजार शेयर पुँजीबाट सुरु भएको संस्था आजको अवस्थामा आइपुग्नुमा सदस्यको योगदान र विश्वास नै मुख्य रहेको उनले सभामा बताए । सहकारी मुल्य, मान्यता, सिद्धान्त,कार्यशैली र निर्दिष्ट लक्ष्य लिएर अगाडि बढेकाले नै संस्थाले यो उचाई लिन सकको अध्यक्ष सुवेदीको भनाई छ । संस्थाले सदस्यको स्वास्थ्य उपचारमा आर्थिक सहयोग,सदस्य सम्मान तथा मातृशिशु भेटघाट कार्यक्रम सञ्चालन गरी उनीहरुलाई हौसला प्रदान गर्दै आएको छ ।

संस्थाको उदेश्य ऋण लगानी र असुली गर्नु भन्दा पनि सदस्यहहरुमा स्वरोजगार र उद्यमशीलताको विकास गरी जीवनस्तरमा परिवर्तन ल्याउनु रहेको उनले उल्लेख गरे । संस्था दिगो विकासको लक्ष्य २०३० पुरा गर्ने बाटोमा अघि बढेको र संस्थामा आवद्ध सदस्यहरुको दिगो विकास लक्ष्यका उदेश्यहरु पुरा हुनेगरी काम गर्ने उनले सभामा जानकारी गराए । संस्थामा आवद्ध ४ हजार ४१७ सदस्य मध्ये ४ हजार ६५ महिला सदस्य रहेका छन । संस्थाको आर्थिक बर्ष २०८२।८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ४५ लाख, बचत ३२ करोड २१ लाख, ऋण लगानी ३२ करोड २४ लाख गरी कुल वासलात ४० करोड ७८ लाख पुगेको छ । संस्थाले यस आर्थिक बर्षमा ९ वटा रणनीतिक क्षेत्रलाई प्राथमिकतामा राखेको र बचतको सुरक्षा,सुरक्षित तथा उत्पादनशील ऋण लगानी,खराव ऋण नियन्त्रण र असुलीमा सुधार,संस्थागत सुशासन तथा नियामकिय अनुपालना र कर्मचारीको दक्षतामा वृद्धि जस्ता मुख्य रहेका छन् । संस्थाले अघि सारेको ३ बर्षे रणनीतिक योजनामा संस्था र सेवाको सुदृढीकण र जोखिम नियन्त्रण,डिजिटल विस्तार र व्यवसायिक वृद्धि तथा उत्कृष्टता, दिगोपन र संस्थागत नेतृत्व रहेको छ ।
वित्तीय कारोबार गर्ने सहकारी संस्थामा केही गलत अभ्यास,असावधानी र कतिपय संस्थामा भएको वित्तीय अपचलनले समग्र सहकारी अभियानमा नै प्रश्न उठेको उनको भनाई छ । राज्य, अभियान र सम्बद्ध पक्षको सामुहिक प्रयासबाट यसको शुद्धिकरण गरी सहकारी अभियानलाई मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्नु आजको चुनौती रहेको सभामा उनले जनाए । त्यसैगरी सहकारी क्षेत्रमा पनि व्यवसायिक क्षेत्रमा देखा परेको अविश्वास,आर्थिक समस्या र चुनौती जस्ता प्रभावका कारण संघ संस्थामा खराव ऋणको प्रतिशत वृद्धि हुँदै जानु मुख्य चुनौतीको विषय भएको उनले बताए । आर्थिक मन्दी र वित्तीय कारोबारमा आएको संकुचनका कारण सदस्यहरुले ऋणको साँवा ब्याज भुक्तानीमा आलटाल गर्नु र केही समुहले आफ्नो फाइदाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्देन भन्ने जस्ता गलत प्रचार गरी वित्तीय लाभ लिन खोज्दा त्यसको असर ऋण असुलीमा परेको उनले सुनाए । सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक विपिन कार्कीले समितिको प्रतविेदन प्रस्तुत गरेका थिए । संस्थाले यस बर्ष आफ्नै भवन निर्माण गरी सदस्यहरुलाई सेवा प्रदान गर्ने समेत जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *