सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशमा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स’ सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ सेमिनार अन “ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू – कर्णाली प्रोभिन्स २०८३र८४” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ । कर्णाली प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको ११ शाखा कार्यालयहरू संञ्चालनमा छन् । यसअघि नै बैंकले बागमती प्रदेशमा “लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्परेटिभ्स फर बागमती प्रदेश”, कोशी प्रदेशमा “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश”, मधेश प्रदेशमा “ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप र सुदूरपश्चिम प्रदेशमा “सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु – सुदूरपश्चिम प्रोभिन्स कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यसैको निरन्तरता स्वरूप कर्णाली प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो । प्रदेशहरूमा पनि यसै गरी क्रमश कार्यक्रम आयोजना गरिनेछ ।

बैंकको गत आर्थिक वर्षमा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ साथै निक्षेप संकलनमा पनि ९.२२ प्रतिशतको वृद्धि २ खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख पुगेको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी।आर।एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *