३ अर्ब लगानीमा वनस्थलीमा पाँच तारे होटल हिमालटन बन्दै

काठमाडौं । काठमाडौंको वनस्थलीमा पाँच तारे हिमालटन होटल बन्ने भएको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले बनस्थलीमा पाँच तारे होटल बनाउन लागेको हो । कम्पनीले उक्त स्थानमा १४२ वटा कोठाको सुविधाका साथ होटल निर्माण गर्नेछ । कम्पनीले होटलमा आधुनिक सुविधा, फुड एन्ड वेभरेज, स्वीमिङ पुल, कन्फेरेन्स र ब्याङ्क्वैट हल, हेल्थ फेसिलिटी र अन्य सुविधा हुने जनाएको छ । कम्पनीले होटल निर्माणका लागि ३ अर्ब १ करोड रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । कम्पनीले लगानीको अनुपात १ः१ कर्जा इक्विटी अनुपात राखेको छ ।

हालसम्ममा होटल निर्माणका लागि प्रतिबद्धता जनाएको रकममध्ये प्रबर्द्धकले ३१ करोड ८० लाख रुपैयाँ इक्विटी लगानी गरिसकेको छ । हालसम्ममा आयोजनाको २० प्रतिशत वित्तीय प्रगति भइसकेको बताइएको छ । होटलमा व्यक्तिगत तथा संस्थागत लगानी रहेको छ । कम्पनीमा सबैभन्दा बढी पर्यटन इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ५७ प्रतिशत सेयर रहेको छ । रमेश धमला अध्यक्ष रहेको यो कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । धमलासँग पर्यटन, हस्पिटालिटी र अन्य व्यवसाय क्षेत्रको अनुभव छ । उनी ट्रेकिङ एजेन्सिस एशोसियसन अफ नेपालका पूर्वअध्यक्ष र इकोलोजिकल ट्रेक प्रालि एन्ड इकोलोजिकल टुर्स एन्ड ट्राभल प्रालिका अध्यक्ष हुन् । उनी हाल वनस्थली फ्यामिली मार्टको अध्यक्ष समेत हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *