झरीको बाबजुद बा : एक योद्वा, आचार्य, जदौ, एभेन्जर्स एन्डगेम : इनकोर प्रदर्शनमा

काठमाडौं । झरीको बाबजुद शुक्रबारदेखि नेपालका हलमा तीन नेपालीसहित एक हलिउड फिल्म प्रदर्शनमा आएको छ । नेपाली भाषाका तीन फिल्म ‘बा : एक योद्वा’, ‘आचार्य’ र ‘जदौ’ रिलिज भएका छन् । साथै, हलिउडको ‘एभेन्जर्स एन्डगेम : इनकोर’ पनि प्रदर्शनमा आएको छ । ‘बाः एक योद्वा’ पिता र सन्तानबीचको सम्बन्ध र समर्पण बुझाउने पारिवारिक फिल्म हो । चर्चित संगीत निर्देशक समेत रहेका हरि लम्सालले यो फिचर निर्देशन गरेका हुन् । यस फिल्ममा दिब्यदेव पन्तले पिताको भूमिका निर्वाह गरेका छन् । झरना थापा, सुहाना थापा, सागर खनालको अभिनय यसमा छ । पीजी सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १४५ मिनेट छ ।

‘आचार्य’ निखिल उप्रेती निर्देशित एक्सन–प्रधान फिल्म हो । युवतीको अपहरणपछि मुक्त गराउन मुख्य पात्रले गर्नुपरेको संघर्ष को कथामा फिल्म आधारित छ । यसको शीर्ष भूमिकामा उप्रेती आफैले अभिनय गरेका छन् । यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘एडल्ट’ प्रमाणपत्र दिएकाले १६ वर्ष मुनिका दर्शकले यो फिल्म हेर्न पाउनेछैनन् । यसको रनटाइम १७३ मिनेट छ । ‘जदौ’ पारिवारिक कथावस्तुमा आधारित छ । ऋचा शर्मा, नीति शाह, मुकुन भुसालको यसमा शीर्ष भूमिका छ । प्रेम, जातिय विभेद, पारिवारिक द्वन्द्वको कथामा फिल्म बनेको छ । अञ्जन शर्मा र काजी लिम्बु निर्देशित ‘जदौ’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ र यसको रनटाइम १३० मिनेट छ । ‘एभेन्जर्स एन्डगेम स् इनकोर’ एक्सन र एड्भेन्चर जनरामा आधारित छ । १८५ मिनेट रनटाइमको यो हलिउड सुपरहिट फिल्ममा रोबर्ट डाउने जुनियर, क्रिस इभान्स, मार्क रफेलो, क्रिस हेम्सवर्थको शीर्ष भूमिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *