भक्तपुर नेविसंघ अध्यक्ष युवा नेता बद्रिराम थापा केन्द्रीय सदस्यमा उम्मेदवारी

भक्तपुर । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत अहिले देशभर नेतृत्व चयनको चर्चा तीव्र छ । यसैबीच भक्तपुर कांग्रेसका युवा नेता बद्रीराम थापा वाग्मती प्रदेशबाट (३५ वर्ष मुनि) युवा कोटामा केन्द्रीय सदस्य पदका उमेदवार बनेका छन् । उनी प्रजातन्त्रका लागि ७ वर्ष भन्दा लामो समय जेलनेल भोगेका प्रजातान्त्रिक सेनानी स्व. बलराम थापाका छोरा हुन् । उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) भक्तपुरको सभापति भएर काम गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *