सामसङद्वारा नेपालमा ‘ग्यालेक्सी ए०८ एलटीई’ सार्वजनिक, एआई फिचर

काठमाडौं । सामसङले नेपालमा आफ्नो लोकप्रिय ‘ग्यालेक्सी ए’ सिरिजको एन्ट्री,लेभल लाइनअप विस्तार गर्दै नयाँ ‘ग्यालेक्सी ए०८ एलटीई’ फोन आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम मूल्यमा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूलाई लक्षित गरी यो फोन बजारमा ल्याइएको हो। सामसङ नेपालका एमएक्स बिजनेशका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले भन्नुभयो, “नयाँ ग्यालेक्सी ए सिरिजले थप ग्यालेक्सी प्रयोगकर्ताहरूसम्म नवीनतम प्रविधिहरू पुर्‍याउँदै एआईको पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट ‘असम इन्टेलिजेन्स’को संयोजनका साथ ग्यालेक्सी ए०८ एलटीईले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ।”
फराकिलो डिस्प्लेमा सहज हेराइ अनुभव
ग्यालेक्सी ए०८ एलटीईमा ८.० मिलिमिटर पातलो बडी र ६.७ इन्चको ठूलो डिस्प्ले रहेको छ। यो फोन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन उत्कृष्ट रंगहरूमा उपलब्ध छ। सामसङले यसमा सफा र आकर्षक डिजाइन दिएको छ, जसले दैनिक मिडिया हेर्ने अनुभवलाई अझ उत्कृष्ट र लोभलाग्दो बनाउँछ।
६,००० एमएएचको ठूलो ब्याट्री
पटक,पटक फोन चार्ज गर्ने झन्झटबिना काम र मनोरञ्जनलाई निरन्तरता दिन यसमा ६,००० एमएएच (टाइपिकल( को विशाल ब्याट्री राखिएको छ। यसले गर्दा प्रयोगकर्ताहरूले दिनभर निश्चिन्त भएर कन्टेन्ट स्ट्रिमिङ, सोसल मिडिया ब्राउजिङ र गेमिङको मज्जा लिन सक्नेछन्।
दीर्घकालीन सुरक्षा र टिकाउपन
यो डिभाइस प्रयोगकर्तालाई लामो समयसम्म भरपर्दो कार्यक्षमता, सुरक्षा र ढुक्कको महसुस गराउने गरी बनाइएको छ। आईपी६४ रेटेड धुलो र पानी प्रतिरोधी क्षमता भएकाले यो दैनिक जीवनमा हुने धुलो, फोहोर र पानीका छिटाहरूबाट सुरक्षित रहन्छ। फोनलाई अझ दीर्घकालीन बनाउन सामसङले ६ जेनेरेसनसम्म ओएस अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउनेछ, जसले ग्यालेक्सी ए०८ लाई आगामी वर्षहरूसम्म सुरक्षित र अद्यावधिक राखिराख्नेछ।
उपलब्धता र मूल्य विवरण :
मोडल र्‍याम र स्टोरेज रंगहरू मूल्य (आरआरपी) १२ महिने ईएमआई (प्रति महिना)
ग्यालेक्सी ए०८ एलटीई ४ जीबी  /  ६४ जीबी डार्क ब्लु, सिल्भर, ग्रिन रु. ३४,४९९ रु. १,७२५
ग्यालेक्सी ए०८ एलटीई ४ जीबी  /  १२८ जीबी डार्क ब्लु, सिल्भर, ग्रिन रु. ४०,९९९ रु. २,०५०
ग्यालेक्सी ए०८ एलटीई ६ जीबी  /  १२८ जीबी डार्क ब्लु, सिल्भर, ग्रिन रु. ४७,४९९ रु. २,३७५
नयाँ स्मार्टफोन खरिद प्रक्रियालाई सहज बनाउन सामसङले मासिक किस्ताबन्दीको सुविधा पनि ल्याएको छ। ग्राहकहरूले नागरिकताको प्रमाणपत्रका आधारमा कुनै झन्झटबिना प्रति महिना मात्र रु. १,७२५ को सजिलो ईएमआईमा नयाँ ग्यालेक्सी ए०८ खरिद गर्न सक्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *