कांग्रेस सहमहामन्त्रीको खुलातर्फ रामहरि खतिवडाको अग्रता

काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुल्ला दुई पदका लागि भएको मतगणनामा रामहरि खतिवडाले सुरुआती अग्रता कायम गरेका छन्। सहमहामन्त्री पदमा खुलातर्फ खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन् । खुलातर्फको मतपरिणामअनुसार अजय शिवाकोटीले ५४८, डिल्लीराज सुवेदीले ४३९, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४ र राजीव ढुंगानाले २५३ मत प्राप्त गरेका छन् । यसैगरी रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत पाएका छन् । उपलब्ध विवरणमा सहमहामन्त्रीको खुलातर्फको कुल मतसंख्या १ हजार ६८९ उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *