नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न मतगणनाअनुसार खतिवडा र शिवाकोटी विजयी भएका हुन् । निर्वाचन समितिले भने खतिवडा र शिवाकोटी निर्वाचित भएको छ । यसअघि पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भइसकेका छन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार कूल ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *