सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले २ लाख ३५ हजार ४४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले उक्त शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार शेयर खरिद गर्न इच्छुक व्यक्ति, संघसंस्था तथा कम्पनीले कात्तिक ९ गतेदेखि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५८ रुपैयाँ तोकिएको छ। इच्छुक खरिदकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम उपलब्ध सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदन फारामका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ। फाराम सानिमा क्यापिटल लिमिटेड, सम मार्ग, नक्साल–१, काठमाडौंस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदनसँगै खरिद गर्न चाहेको शेयरको सम्पूर्ण रकम तथा लाग्ने शुल्कसमेत जम्मा गरेको प्रमाण पेस गर्नुपर्नेछ। सबैभन्दा बढी मूल्य प्रस्ताव गर्ने आवेदकलाई प्राथमिकताका आधारमा शेयर बिक्री गरिने कम्पनीले जनाएको छ। बोलपत्र कात्तिक १३ गते बिहान ११ बजे सानिमा क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *