गगन थापाको नेतृत्वमा यस्तो बन्यो २३१ सदस्यीय कांग्रेस केन्द्रीय समिति
काठमाडौँ । नेपाली कांग्रेसको असोज १८ गतेबाट २३ गतेसम्म काठमाडौँमा भएको १५ औँ महाधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । गगन थापाको नेतृत्वमा २३१ सदस्य कार्यसमिति चयन भएको हो । कांग्रेस विधानमा २९७ सदस्यीय केन्द्रीय समिति हुने उल्लेख छ । तर, ६६ जना सभापतिले मनोनयन गर्ने भएकाले महाधिवेशनबाट २३१ सदस्य छानिएका हुन् । २३१ जनामध्ये २ पदाधिकारी र १ सदस्य निर्विरोध निर्वाचित भए । गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएको हो । सभापतिमा निर्वाचित थापाको शपथ शनिबार गरिने निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले जानकारी दिए । कटुवालले सभापतिको शपथ शनिबार गर्ने र अन्यको भने दसैँपछि नै हुने बताए । उनले भने, ‘सभापतिको शपथमात्र शनिबार दिउँसो २ बजे हुन्छ । अन्य त कतिपय दसैँ मनाउन जिल्ला जिल्लामा गइसक्नु भएको छ । उहाँहरूको एकैपटक दसैँपछि हुन्छ ।’ गत असोज २३ गते मतदान गरी त्यही दिन राति सभापतिको मतगणना गरेर सुरु भएको मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो । अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो । उनका अनुसार गणना सुरु भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो । । सभापति बाहेकको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दसैँ लगत्तै गर्ने तयारी भएको छ । त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, महिला उपसभापति पुष्पा भुसाल र काठमाडौँ उपत्यका महिला प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भइन् । बाँकी पदमा भने प्रतिस्पर्धाका आधारमा पदाधिकारी र सदस्य चयन गरिएको हो । सभापतिमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै गगन थापा निर्वाचित भए । खसेर सदर भएको मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दै निर्वाचित भए । सभापतिमा सदर भएको ६ हजार ९५९ मतमध्ये थापाले ६ हजार ५८४ मत पाए भने खड्कीले ३७५ मत पाए । खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई.मधु आचार्य निर्वाचित भए । समावेशी उपसभापतिमा उद्योगपति विनोद चौधरी निर्वाचित भए । खुला महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर जबरा तथा महिला महामन्त्रीमा डा. डिला संग्रौला पन्त निर्वाचित भए । १० क्लस्टरका ११ सहमहामन्त्रीमा निर्वाचन भयो । सहमहामन्त्री (महिला)मा प्रतिमा गौतम, सहमहामन्त्री (खुला)मा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, सहमहामन्त्री (आदिवासी जनजाति)मा बहादुर सिंह लामा (तामाङ), सहमहामन्त्री (दलित)मा प्रकाश रसाइली (स्नेही), सहमहामन्त्री (मधेसी)मा अजयकुमार चौरसिया, सहमहामन्त्री (खसआर्य)मा मनोजमणि आचार्य, सहमहामन्त्री (थारु(मा योगेन्द्र चौधरी, सहमहामन्त्री (मुस्लिम)मा डा. फिरदोश आलम, सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा जीवनबहादुर शाही, सहमहामन्त्री (अल्पसंख्यक अपांगता)मा आङ्गेलु शेर्पा निर्वाचित भए । केन्द्रीय सदस्य (महिला खुला)मा १५ जना निर्वाचित भए । जसमा पार्टीको प्रतिनिधि सभामा प्रमुख सचेतकसमेत रहेकी वासना थापा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भइन् । उनीसँगै उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), कल्पना तिवारी, रिता थापा मगर, गंगा दाहाल र उमा दाहाल निर्वाचित भए । केन्द्रीय सदस्य (प्रत्यक्ष खुला)मा सबैभन्दा बढी मत ल्याएर ललितपुर महानगर पालिकाका प्रमुख चिरीबाबु महर्जन निर्वाचित भए । त्यसपछि प्रतिनिधि सभाका सचेतक निश्कल राईले दोस्रो बढी मत ल्याएर निर्वाचित भए । ईन्द्रबहादुर बानियाँ, प्रा.डा. गोविन्द पोखरेल, ई. मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रबल थापा, गणेश लामा, राजीव कोइराला, हिमालदत्त श्रेष्ठ, डा. शोभाकर पराजुली, विद्वान गुरुङ, अर्जुनप्रसाद जोशी, ई. अमृत ज्ञवाली, ई. नवराज त्रिपाठी, सन्दीप राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, मिन कृष्ण महर्जन, बलदेव तिमिल्सिना, महेश खरेल, जन्मजय तिमिल्सिना, युवराज पाण्डेय, कुमार लुइटेल, ई। ऋषि कोइराला, ई. दिपकबाबु कँडेल, उज्ज्वलप्रसाद बराल, किरण केसी, दीपक भट्टराई, महेन्द्रकुमार शर्मा, डा. सुरजराज काफ्ले, डा. मुकेशराज काफ्ले, मदनकृष्ण श्रेष्ठ, प्रमोदहरि गुरागाईं, लेखनाथ पोखरेल, किरणकिशोर घिमिरे, रवि सिंह, डा. कृष्णप्रसाद पौडेल, तिलबहादुर रानाभाट, प्रदीपकुमार सुनुवार, प्रकाश सिंह कार्की, डा. मुक्तिराज श्रेष्ठ, कृष्ण रिजाल, निलकण्ठ रिजाल र सुधांशु कोइराला निर्वाचित भए । आदिवासी जनजाति खुला केन्द्रीय सदस्यमा १२ जना र आदिवासी जनजाति महिलामा ८ जना गरी २० केन्द्रीय सदस्य चुनिए । जनजाति खुलामा तीर्थ लामा, ई.अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्माछिरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गल्जे लामा (शेर्पा), वंशलाल तामाङ, अमृत गुरुङ, सुशील गुरुङ निर्वाचित भए । आदिवासी जनजाति महिलामा गीता गुरुङ, डा. गंगालक्ष्मी अवाल, रेनुका काउँचा, सपना राजभण्डारी जोशी, सिताकुमारी राना, प्रमिला राईलिलादेवी बोखिम लिम्बु र पुनम लामा निर्वाचित भए । दलित क्लस्टरबाट दलित महिला ५, दलित मधेसी १ र दलित खुला ८ गरी १४ केन्द्रीय सदस्य चुनिए । दलित महिला सदस्य ५ जनामा सिता मिजार, शान्ति परियार बिक, रुपा बिक, कमला नेपाली र छायाा सुनार निर्वाचित भए । दलित मधेसीबाट धमेन्द्र पासवान निर्वाचित भए । दलित खुला ८ जनामा डा। डिबी सुनार, सागर परियार, शरिशरण नेपाली, शिवबहादुर सुनार, मन्जित ताम्राकार, राजु परियार, अम्बरबहादुर बराइली र दीपक सोनी निर्वाचित भए । मधेसी क्लस्टरबाट १३ केन्द्रीय सदस्य चुनिए । त्यसमा मधेसी खुलामा ८ र मधेसी महिलाबाट ५ सदस्य चुनिए । मधेसी खुलाबाट अनिलकुमार रुंगटा, रामकृष्ण यादव, डा. गरिवदास ठाकुर, दिनेशकुमार यादव, जितेन्द्रनारायण देव, असर्फी शाह, मि.अशोककुमार शाह र उमेशचन्द्र यादव निर्वाचित भए । मधेसी महिलामा डा. मधुकुमारी ठाकुर, रेखाकुमारी यादव, अञ्जु झा, मिनाक्षी झा र गिताकुमारी यादव निर्वाचित भए । खसआर्य क्लस्टरबाट १८ केन्द्रीय सदस्य चुनिए । जसमा खसआर्य खुला १० र महिला ८ गरी १८ सदस्य चुनिएका हुन् । खसआर्य खुलामा ई.लक्ष्मण के.सी., भीम पराजुली, जगदिश चन्द्र उपाध्याय, राजेन्द्र केसी, जनार्दनसिंह क्षेत्री, उत्तमराज जोशी, अनुज चापागाँई, कृष्णप्रसाद कोइराला, माइकल रामचन्द्र अर्याल र गणेश सापकोटा निर्वाचित भए । खसआर्य महिला ८ जनामा डा. भद्रा पराजुली भण्डारी, जानुका पन्त, गिता देवकोटा, कृष्णकुमारी बस्नेत, विनिता अधिकारी, जानकी सिंह, देवकी गौतम र चम्पादेवी खड्का निर्वाचित भए । थारु क्लस्टरबाट खुला ४ र महिला २ गरी ६ सदस्य निर्वाचित भए । थारु खुलामा डा. भोगेन्द्र प्रसाद चौधरी, जनकराज चौधरी, वेदनारायण गच्छदार र साजनकुमार महतो निर्वाचित भए । थारु महिलाबाट डा. जीवन राना र डा. प्रमिलाकुमारी गच्छदार निर्वाचित भए । मुस्लिम क्लस्टरबाट ५ सदस्य निर्वाचित भएका छन् । त्यसमा ३ मुस्लिम खुला र २ मुस्लिम महिला छन् । मुस्लिम खुलामा डा।अताबुल मंसुरी, मो।इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भए भने मुस्लिम महिलामा जमिला खातुन र सनम बेगम निर्वाचित भए । पिछडिएको क्षेत्र कलस्टरबाट एक खुला र एक महिला गरी २ सदस्य निर्वाचित भए । खुलाबाट दिपकजंग शाह र महिलामा सुशीला बम निर्वाचित भए । अल्पसंख्यक अपांगताबाट अर्जुन शेरचन र प्रकाश पन्थ निर्वाचित भए । कोशी प्रदेशबाट खुला ३, महिला १ र ३५ वर्ष मुनिका २ गरी ६ जना निर्वाचित भए । कोशी प्रदेश खुलामा डम्बरबहादुर खड्का, मेदनीप्रसाद सिटौला र दीपनकुमार श्रेष्ठ निर्वाचित भए । कोशी प्रदेश महिलामा मृदुला कोइराला निर्वाचित भइन् । प्रदेशको ३५ वर्ष मुनिको युवा खुलामा ई हेमकाजी बस्नेत निर्वाचित हुँदा महिलामा डा. याशिका भट्टराई निर्वाचित भइन् । मधेस प्रदेशबाट खुला ३, महिला १ र ३५ वर्ष मुनिका युवा २ गरी ६ जना निर्वाचित भए । खुला ३ जनामा डा. अञ्जनीकुमार झा, शम्भुबहादुर बुढाथोकी र विनोद खनाल तथा महिलामा मेघा शाही निर्वाचित भए । ३५ वर्ष मुनिको खुलामा गौरव पाण्डे तथा ३५ वर्ष मुनि महिलामा ममता शर्मा निर्वाचित भए । बागमती प्रदेश खुला ३, महिला १ र ३५ वर्ष मुनिका युवामा २ गरी ६ जना निर्वाचित भए । खुलामा प्रा.डा. सूर्यकान्त घिमिरे, ई.रोहित पौडेल र सन्तोष चालिसे निर्वाचित भए । महिलामा हरिप्रभा खड्की तथा ३५ वर्ष मुनिको खुलामा अंशुल केसी तथा ३५ वर्ष मुनिको महिलामा रजनी थापा निर्वाचित भए । गण्डकी प्रदेशको खुला ३, महिला १ र ३५ वर्ष मुनिका २ गरी ६ केन्द्रीय सदस्य निर्वाचित भए । खुलामा किरणबाबु श्रेष्ठ, रेशमहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भए । महिलामा सरस्वती अर्यात तिवारी तथा ३५ वर्ष मुनिको युवा खुलामा ई। सुवास पौडेल, महिलामा डा। कला पन्त निर्वाचित भए ।
लुम्बिनी प्रदेशको खुला ३, महिला १ र ३५ वर्ष मुनिको युवा २ जना गरी ६ जना निर्वाचित भए ।
खुलामा कमलकिशोर घिमिरे, अमरबहादुर भण्डारी र प्रचण्डविक्रम न्यौपाने (गुण्टुं) तथा महिलामा बालकुमारी भण्डारी निर्वाचित भए । ३५ वर्ष मुनिको युवा खुलामा अनुराग खड्का र महिलामा सुष्मा पाण्डे निर्वाचित भए । कर्णाली प्रदेशको खुलामा ३, महिलामा १ र ३५ वर्ष मुनिका २ गरी ६ सदस्य निर्वाचित भए । खुलामा राजिवविक्रम शाह, खड्गबहादुर शाही र दिक्पालकुमार शाही तथा महिलामा रामदेवी खड्का निर्वाचित भए । ३५ वर्ष मुनिको खुलामा मोहन राना निर्वाचित हुँदा महिलामा भगवती शाही निर्वाचित भइन् । सुदूरपश्चिम प्रदेश खुलामा ४ र महिला १ र ३५ वर्ष मुनिका युवा २ गरी ६ सदस्य निर्वाचित भए । सुदूरपश्चिम खुलामा जनक चटौत, दिवानसिंह विष्ट र बहादुरसिंह थापा निर्वाचित भए भने महिलामा अम्बिकाकुमारी चलाउने निर्वाचित भइन् । सुदूरपश्चिम प्रदेशमा ३५ वर्ष मुनिका पुरुष र महिला एकरएक पदमा रिता शाही र ई. भुवन भट्ट निर्वाचित भए । सात प्रदेशबाट ३५ वर्ष मुनिका ७ सदस्यमा सचिन तिमल्सेना, ई.अभिषेक आत्रेय, सुशील भट्ट, डा. आयुस बगाले, आदर्श मल्ल, ई. रोशन बस्नेत र ई. सैलेश मिश्र निर्वाचित भए । जनसम्पर्क समितिका विभिन्न क्षेत्रबाट ७ सदस्य निर्वाचित भए । जनसम्पर्क समितिबाट सिता सापकोटा घिमिरे र चन्द्रा अधिकारी, युरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाही, ओसियाना अमेरिका क्षेत्रबाट सिए।विद्या भूषण कार्की, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल, प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ र भारतबाट बालकृष्ण पाण्डे निर्वाचित भए । पेसागत विषयक्षेत्र खुलामा ५ सदस्य निर्वाचित भए । त्यसमा डा. केदारनरसिंह केसी, प्रा.डा. जगदिशचन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला निर्वाचित भए । पेसागत विषय क्षेत्र महिलामा डा. सिता पोख्रेल घिमिरे र बाला अधिकारी निर्वाचित भए । श्रमिक, काठमाडौँ उपत्यका र सेनानी, सहित तथा द्वन्द्व प्रभावित परिवारका तर्फबाट ७ केन्द्रीय सदस्य निर्वाचित भए । श्रमिक खुला २ सदस्यमा खिलानाथ दाहाल र योगेन्द्र कुमार कुँवर तथा श्रमिक महिलामा सितादेवी काफ्ले निर्वाचित भए । केन्द्रीय सदस्य काठमाडौँ उपत्यकामा मोहनबहादुर बस्नेत निर्वाचित भए । केन्द्रीय सदस्य प्रजातन्त्र सेनानीबाट सत्यनारायण माझी थारु, सहिद परिवारबाट बालकृष्ण दाहाल तथा द्वन्द्व प्रभावित परिवारबाट जनार्दन अर्याल निर्वाचित भए ।

















