डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा थकाली, उपाध्यक्षमा उपाध्याय

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका अध्यक्ष दिनेश थकाली सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कात्तिक १३ गते काठमाडौंमा सम्पन्न संघको २१औं वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा मुक्तिनाथ विकास बैंककी सीईओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं चयन भएका छन्।

एसोसिएसनका तत्कालीन अध्यक्ष सुयोग श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकको सीईओको कार्यकाल पूरा गरी बाहिरिएपछि थकालीले संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनकै अध्यक्षतामा बसेको साधारण सभाले आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। सभाले चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत अनुमोदन गरेको छ। पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष थकालीले बैंकिङ क्षेत्रमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण, मानव संसाधनको क्षमता अभिवृद्धि, कर्जाको गुणस्तर तथा असुली सुधारलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाए। सदस्य बैंकहरूबीच उत्कृष्ट अभ्यास र ज्ञानको आदानप्रदानलाई निरन्तरता दिइने पनि उनले बताए। हाल देशमा ८ वटा राष्ट्रिय स्तरका र ९ वटा क्षेत्रीय स्तरका गरी कुल १७ वटा विकास बैंक सञ्चालनमा छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *