एनआईएमबिको नाफा २ हजार ५२२ प्रतिशत बढ्यो
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) को चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा खुद नाफा २ हजार ५२२ प्रतिशत बढेर १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २७ करोड १६ लाख ८५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले ५९ करोड २१ लाख १४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ४ अर्ब ३४ करोड ९४ लाख ७९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १ अर्ब ६९ करोड ७ लाख ५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड १६ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ । असोजसम्ममा बैंकको निक्षेप संकलन १०.७५ प्रतिशत बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ र कर्जा प्रवाह ०.३३ प्रतिशत बढेर ३ खर्ब २२ अर्ब ४१ करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६६.७३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ०.५३ रुपैयाँबाट बढेर १३.८५ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २००.८८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८९ गुणा रहेको छ । गत वर्षको असोजमा ६.६३ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा बढेर ८.८७ प्रतिशत पुगेको छ ।

















