गोली प्रहारबाट रौतहटमा एक युवक गम्भीर घाइते

काठमाडौं । रौतहटमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकीनजिक भएको गोली प्रहारबाट २८ वर्षीय राकेश यादव घाइते भएका हुन् । गएराति सवा ९ बजे सोही स्थान बस्ने यादवलाई पेस्तोलको गोलीको छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको छ । घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको प्रहरीले बताएको छ । घटनास्थलमा ७।६२ एमएम पेस्तोलको तीनवटा खाली खोका फेला परेका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *