प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिवबीच भोलि भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार उनीहरूबीच बिहीबार (भोलि) भेटवार्ता हुन लागेको हो । उनले भोलि कुन समयमा भेटघाट हुने भनेर समय तय भइनसकेको जानकारी दिइन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आइपुगेका हुन् । यसअघि प्रधानमन्त्री बालेनले भारत र चीन दुवै देशका राजदूतहरूसँग वान टु वान भेटवार्ता गरिसकेका छन् । मिस्रीको नेपाल भ्रमणलाई प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणको तयारीको रूपमा हेरिएको छ । प्रधानमन्त्री बालेनले नोभेम्बरको अन्तिमतिर भारत भ्रमण गर्ने तयारी भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको बालेनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ ।

















