एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। बोर्डले कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो। बोर्डको स्वीकृतिसँगै एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरूलाई १ः०.५० को अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो । जसअनुसार हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता हकप्रद शेयर जारी गर्नेछ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सात अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको सात करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *