रिलायबल नेपाल लाइफको वित्तीय विवरणमा चमकः जीवन बीमा कोषमा १९ अर्ब ४० करोड

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा जीवन बीमा कोष र कुल आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार जीवन बीमा कोष ३५.६१ प्रतिशतले बढेर १९ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष १४ अर्ब ३१ करोड २३ लाख २९ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्कसमेत २३.८५ प्रतिशतले वृद्धि भई १ अर्ब ७७ करोड ४ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख ४४ हजार रुपैयाँ खुद आर्जित बीमाशुल्क संकलन गरेको थियो । कम्पनीको कुल आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा कुल आम्दानी ३९.१५ प्रतिशतले बढेर २ अर्ब ३३ करोड ६५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ६७ करोड ९१ लाख ९६ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, कर्जा तथा लगानीबाट प्राप्त आम्दानी १७.४३ प्रतिशतले बढेर ४० करोड ३४ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३४ करोड ३५ लाख २७ हजार रुपैयाँ थियो । कम्पनीको जगेडा तथा सञ्चित आम्दानीतर्फ पनि सुधार देखिएको छ । रिटेन्ड अर्निङ १।३६ प्रतिशतले वृद्धि भई ८२ करोड ४५ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम ८१ करोड ३४ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी, कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने विपत्ति जगेडा कोषमा २८ करोड ७४ लाख १ हजार रुपैयाँ कायम छ । कम्पनीले समीक्षा अवधिमा ४५ करोड ५९ लाख २४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्षको पहिलो त्रैमासमा ३२ करोड ७२ लाख ६९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीको यस्तो भुक्तानी ३९.३१ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको कमिसन खर्च २०.८७ प्रतिशतले वृद्धि भई १६ करोड ५८ लाख २० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १३ करोड ७१ लाख ९४ हजार रुपैयाँ थियो । आम्दानी तथा बीमा व्यवसाय विस्तारका सूचकमा उल्लेख्य सुधार देखिए पनि कम्पनीको खुद नाफामा भने केही संकुचन आएको छ । समीक्षा अवधिमा कम्पनीले २२ करोड ९० लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड ८५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा यस वर्ष ११.३९ प्रतिशतले घटेको हो । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ९० पैसाबाट घटेर १७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *