एपीआई पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता ३१६.१९ रुपैयाँ

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड (API) को सेयर मूल्य बोनस सेयर वितरणका लागि समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरका लागि नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१६ रुपैयाँ १९ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ थियो । यसअनुसार ५ प्रतिशत बोनस सेयरका लागि एपीआईको सेयर मूल्य समायोजन गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *