सेन्चुरी बैंकको नयाँ बचत खाता

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेन्चुरी हाइब्रिड’ नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ । खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाइएको छ । सेन्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा खोल्न सकिनेछ । यस खातामा बैंकले भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको जनाइएको छ ।

यस खाता कुनै पनि शाखाबाट खोल्न सकिने यस खातामा विभिन्न सेवाहरू विनाकुनै सर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएकोे छ । बैंकले हाल देशभरमा १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत सेवा विस्तार गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *