आज जनार्दन शर्मासँग बयान लिँदै संसदीय विशेष छानबिन समिति

काठमाडौँ । प्रतिनिधिसभाको विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ । समितिको मंगलबार बसेको बैठकले शर्मालाई आज बयानका लागि बोलाउने निर्णय गरेको हो ।

आजै समितिले शुरुमा पूर्वअर्थसचिवहरुसँग छलफल गर्नेछ । यसअघि मंगलबार नै शर्मासँग बयान लिने तयारी गरे पनि सीसीटीभी फुटेज नभेटिएपछि धकेलिएको थियो । समितिले फुटेज मेटिएको निष्कर्ष निकाल्दै प्राविधिकमार्फत रिकभरमा जाने निर्णय गरिसकेको छ ।

करको दर हेरफेर तथा बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश प्रकरणमा तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । उनको राजीनामा अघि नै प्रतिनिधिसभाले छानबिन समिति बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *