बाटोमा भेटिएको एक लाख ७३ हजार फिर्ता


काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिका–७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा जाँदै थिए । ग६प ६६९२ नंको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडि झोला राखेका थिए । चितवनबाट पोखरा आउँदै गरेका उनको तनहुँको व्यास–१ अरेनीमा आइपुग्दा झोला खस्यो । झोलामा थियो नगद एक लाख ७३ हजारसहित अन्य कागजात ।

झोला हराएको सूचना नेपालीले जिल्ला प्रहरी कार्यालय तनहुँलाई दिएका थिए । उक्त झोला सोमबार राति नै चितवनको भरतपुर महानगरपालिका–१ रामबजार बस्ने २९ वर्षीय कृष्णबहादुर कुँवरले फेला पारेका रहेछन् । झोला खोलेर हेर्दा पैसा देखेपछि उनले तत्कालै उक्त झोला प्रहरी कार्यालयमा बुझाए ।

उक्त झोला प्रहरीले मङ्गलबार सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । ‘‘झोला फेला पार्ने व्यक्तिमा इमानदारिता देखियो, उहाँलाई विशेष धन्यवाद छ”, उनले भने, “हामीले नगद र अन्य कागजातसहितको झोला तकबहादुरलाई बुझाएका छौँ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *