नर्भिकले असोज १ गते कमलपोखरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले असोज १ गते शनिबारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ ।
अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ । अस्पतालले निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्ने अस्पतालले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *