प्रधानमन्त्रीको राजीनामापछि बेलायतमा अब के हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री लिज ट्रसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएपछि बेलायतमा राजनीतिक अस्थिरता बढेको छ । कन्जरभेटिभ पार्टी पार्टीले २०१७ को निर्वाचन जितेपछि ट्रस तेस्रो प्रधानमन्त्री थिइन् । तर उनले केबल ४४ दिनमात्र प्रधानमन्त्री पदमा रहेर काम गरिन ।

प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिट अगाडि पत्रकारहरुसँग कुरा गर्दै उनले आफू निर्वाचित भएको जनादेश पूरा गर्न नसकेकाले राजीनामा दिएको बताइन् । उनले आफू प्रधानमन्त्री पदमा निर्वाचित भएको अवधि आर्थिक र अन्तर्राष्ट्रिय अस्थिरताको अवधि भएको बताए । उनले भनिन्, ‘मलाई विश्वास छ कि वर्तमान अवस्थामा कन्जरभेटिभ पार्टीले मलाई निर्वाचित गरेको जनादेश पूरा गर्न सक्दिन ।’

पदबाट राजीनामा दिएपछि उनी सबैभन्दा छोटो समयका लागि बेलायती प्रधानमन्त्री बनेकी छन् । ट्रसको राजीनामा गृहमन्त्री सुएला ब्रेभरम्यान र कन्जरभेटिभ सांसदहरूले विद्रोह गरेपछि आएको हो । कन्जरभेटिभ पार्टीको नेताका लागि अर्को साता निर्वाचन हुँदैछ । ट्रसले नयाँ नेता चयन नभएसम्म आफू कार्यवाहक प्रधानमन्त्रीको रूपमा रहने बताइन् ।

प्रधानमन्त्रीको राजीनामापछि बेलायतमा के भइरहेको छ र नयाँ प्रधानमन्त्रीको निर्वाचनले भारतसँगको सम्बन्धमा कस्तो असर पार्छ भन्ने विषयमा विभिन्न मिडिया रिपोर्टका आधारमा विश्लेषण गरिएको छ । दुई दिनदेखि प्रधानमन्त्रीको राजीनामाको अड्कलबाजी चलिरहेको थियो, अब एक साताभित्र अर्को नेता चयन हुने भएकाले वातावरण अन्योलमा परेको छ ।

यसअघि पाँच हप्तामा पूरा हुन नसक्ने प्रक्रिया एक सातामा कसरी पूरा हुन्छ भन्ने प्रश्न उठेको छ । यस सम्बन्धमा अहिले कन्जरभेटिभ पार्टीले स्पष्ट पारेको छैन । त्यसको एउटा कारण नेतृत्वमा एक मात्र उम्मेदवार हुने वा दुई उम्मेदवारको चर्चा हुनसक्छ । अब नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा ऋषि सुनकको नाम आउने सम्भावना छ । दुईजना उम्मेदवार भए पनि सुनक एकजना हुन सक्ने आम बुझाइ रहेको छ ।

यद्यपि जेरेमी हन्टको नाम पनि आइरहेको थियो तर उनले आफु प्रधानमन्त्रीको दाबेदार नबन्ने स्पष्ट गरेका छन् । यसबाहेक पेनी मोर्डेन्टको नाम पनि चर्चामा रहेको छ । कतिपय सांसदहरुले भने सहमति गरेर बोरिस जोनसन फेरि मैदानमा ल्याउनुपर्ने बताइरहेका छन् ।

यस बाहेक सोहेला ब्रेभरम्यानको नाम पनि चर्चामा छ तर उनलाई पहिले जस्तो सपोर्ट मिल्छ जस्तो देखिएको छैन । अहिले कन्जरभेटिभ पार्टीका साधारण सदस्यहरूले यो प्रक्रियामा भाग नलिने र सांसदले मात्र नयाँ प्रतिनिधि चयन गर्ने गरि प्रक्रिया छोटो बनाउने विषयमा समेत छलफल भएको बताइएको छ । कन्जरभेटिभ पार्टीका १९२२ समितिका अध्यक्ष ग्राहम ब्राडीले अक्टोबर २८ सम्म दलको नेता चयन गर्ने सहमति भएको बताएका छन् तर कसरी छनौट हुन्छ भन्ने बारेमा भने स्पष्ट पारेका छैनन् ।

घटनाक्रम

  • लिज ट्रस टर्म: ०८ सेप्टेम्बर २०२२ देखि २० अक्टोबर २०२२ सम्म
  • ०५ सेप्टेम्बर २०२२: ऋषि सुनकलाई हराउँदै लिज ट्रस कन्जरभेटिभ पार्टीको नेता बनिन् । ट्रसले ८१ हजार ३२६ मत पाएकी थिइन् भने सुनकले ६० हजार ३९९ मत पाएका थिए ।
  • ०६ सेप्टेम्बर २०२२: लिज ट्रसले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरिन । त्यसको दुई दिनपछि बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भयो ।
  • २३ सेप्टेम्बर २०२२: चान्सलर क्वाजी क्वार्टेङले ४५ अर्बको कर कटौती गर्ने ‘मिनी बजेट’ घोषणा गरे । यसले बजारमा अस्थिरता निम्त्यायो ।
  • २६ सेप्टेम्बर २०२२: ‘मिनी बजेट’ प्रस्तुत गरेपछि बेलायतको बजारमा विश्वास गुमेको कारण पाउन्ड डलरको तुलनामा सबैभन्दा कम स्तरमा पुग्यो ।
  • ०३ अक्टोबर २०२२: ट्रस र क्वार्टेगले यू-टर्न लिए र आयकरको उच्च दरको निर्णयलाई उल्टाए ।
  • अक्टोबर १४, २०२२: ट्रसले क्वार्टेगलाई बर्खास्त गरी कर कटौतीलाई समर्थन गर्ने जेरेमी हन्टलाई देशको अर्थमन्त्री बनाइन् ।
  • १९ अक्टोबर २०२२: बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिइन् । उनले राजीनामाको कारण नयाँ सरकारको काम गर्ने तरिका भएको बताइन् र यो सरकार कता जाँदैछ भन्ने चिन्तामा रहेको बताइन् ।
  • २० अक्टोबर २०२२: ट्रसले पार्टी प्रमुखको पदबाट राजीनामा दिइन् । यसपछि अब चार वर्षमा चौथो पटक कन्जरभेटिभ पार्टीको नेता निर्वाचित हुने भएको छ ।

नयाँ प्रधानमन्त्रीका चुनौती :

ट्रसले आफ्ना वाचाहरू पूरा गर्न सकिनन्, यो भन्न सकिन्छ कि उनका वाचाहरू धेरै किताबी थिए, जसले अर्थव्यवस्था बढाउँछ, कर घटाउँछ । यो सिद्धान्तमा सत्य हो, तर सबै कुराको एक समय हुन्छ । ऋषि सुनकले भनेका थिए, हामी यी सबै गर्न चाहन्छौं तर अहिले उपयुक्त समय छैन । अहिले मुद्रास्फीति र मन्दीको समय छ ।

बेलायतका जनता चिन्तित छन्, व्यवस्था फरक भएको भए आम निर्वाचन हुन्थ्यो र लेबर पार्टी आउन्थ्यो भन्ने लाग्छ । तर समस्या उनीहरुको अगाडि पनि हुन्थ्यो, यो अन्तर्राष्ट्रिय समस्या हो, अब संयमका साथ काम गर्ने, ठूला वाचा नगर्ने, जनताको विश्वास जित्ने र बिस्तारै अगाडि बढ्ने मान्छेको खाँचो छ ।

लेबर पार्टीले पूरै सरकार बदल्न आवश्यक भएको महसुस गरे पनि व्यवस्था र तथ्याङ्कलाई हेर्दा कन्जरभेटिभ पार्टीको ६५० को सदनमा ३५७ सांसद छन् र पार्टी एकता भएर चुनाव नचाहेसम्म समय अघि चुनाव हुने सम्भावना देखिदैन ।

सन् १९९२ मा पनि यस्तै आर्थिक संकट आयो जब बेलायतले युरोपियन एक्सचेन्ज रेट मेकानिज्मबाट बाहिरिन बाध्य भयो । त्यसबेला पनि कन्जरभेटिभ पार्टीको सरकार दुई वर्ष चल्यो, तर त्यतिबेला उनीहरुले गुमाएको विश्वसनीयताको क्षतिपूर्ति हुन सकेन । यसपटक पनि त्यस्तै भएको देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *