‘चिरञ्जीवि भवः’ बाट फिल्ममा डेब्यू गर्दै टिकटकर प्रशंसा रायमाझी

काठमाडौं । चर्चित कन्टेन्ट क्रिएटर तथा टिकटकर प्रशंसा रायमाझीले नेपाली फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन् । कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपक आचार्य ‘काकु’ले निर्माण गर्न लागेको फिल्म ‘चिरञ्जीवि भवः’मा उनले अभिनय गर्ने जनाइएको हो । यो फिल्मको औपचारिक घोषणा मंगलबार नयाँ वर्ष २०८३ को अवसरमा गरिएको थियो । यो फिल्मलाई काकुले निर्देशन गर्नेछन् भने पटकथा जिग्री ब्रोको हुनेछ । रायमाझी पछिल्लो समय क्रिकेटर कुशल भुर्तेलसँगको प्रेम सम्बन्धले चर्चामा छिन् । फिल्मको कुरा गर्दा, ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ ।

यसको मुख्य विषयवस्तु दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कट्टेलले जानकारी दिए । उनका अनुसार फिल्मको कथा अहिलेकै समयको हो । सविन अधिकारी र बसन्त न्यौपाने लेखकका रूपमा छन् । यसअघि काकुले निर्देशन गरेको फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो । त्यस्तै, कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो । लाखौँ फलोअर्स कमाएकी रायमाझीको डेब्यूलाई लिएर उनका प्रशंसक खुसी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *