स्ट्याण्डर्ड चार्टर्डको निक्षेप १ खर्ब पुग्यो


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६८.३९ प्रतिशत बढेर ८१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६२.८३ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ७.१० प्रतिशत घटेर २० करोड ९४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४१.१८ प्रतिशत बढेर १ अर्ब ७८ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६९.२० प्रतिशत बढेर १ अर्ब १६ करोड रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ ।अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ९.७४ प्रतिशत बढेर ९ अर्ब ५५ करोड रुपैयाँ, निक्षेप ६.७१ प्रतिशत बढेर १ खर्ब रुपैयाँ र कर्जा ०.०३ प्रतिशत बढेर ७९ अर्ब २१ करोड रुपैयाँ रहेको छ
बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा बढेर ३४ रुपैयाँ ४२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०१.३२ रुपैयाँ रहेकोबैकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *