उम्मेदवारी दिएका भट्टराई उम्मेदवारबाट निष्क्रिय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका छन् । वामलोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ (१) मा उम्मेदवारी दिएका भट्टराईले पार्टीको केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम उम्मेदवारी निष्क्रिय पारेको आज एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेका हुन् ।

गठबन्धनमा रहेका दलमध्ये दुई दलबाट उम्मेदवारी परेपछि पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा आजैका मितिदेखि आफ्नो उम्मेदवारी निष्क्रिय पारेको उनले बताए ।

स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसकातर्फबाट भोजराज अर्यालको उम्मेदवारी परेको छ । यो प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मूख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २०७४ को प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता विष्णु पौडेल र नेकपा एमालेका नेता मोहनप्रसाद रेग्मीबीच मुख्य चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा नेकपा एमालेका रेग्मी बिजयी हुनुभएको थियो । प्रदेशसभामा विजयी भएका रेग्मीले १६ हजार ६ सय १३ मत ल्याई विजयी हुनुभएको थियो । कांग्रेसका पौडेलले १३ हजार एक सय ४० मत प्राप्त गरेका हुन् । यो प्रदेशमा ३१ हजार दुई हजार १३ मत खसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *