सी डिभिजन लिग आगामी वैशाखमा


काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो । एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो । ‘बी’ डिभिजन लिगको मिति अर्को बैठकबाट तय गर्ने सहमति भएको समेत एन्फाले जनाएको छ । यस्तै एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चमा समेत वृद्धि गरेको छ । यसअघि सी डिभिजन क्लबलाई ९ लाख ५० हजार दिएको एन्फाले अब तयारी खर्च ११ लाख दिने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *