चुनाव जितेपछि विनोद चौधरीले घरदैलोमा पुगेर मतदाताको सम्मान
काठमाण्डौं । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभामा बिजयी भएका बिनोद चौधरीले घरघरमै पुगेर मतदातालाई सम्मान गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई भारी मतान्तरले जितेका थिए । चुनाव जितेपछि चौधरीले आफ्नो बिजय जुलुसमा नौलो प्रयोग गरेका छन् । चुनावअघि जसरी मत माग्न जनताको घरदैलोमा पुगेका थिए । चुनाव जितेपछि चौधरी मतदाताको घरदैलोमा पुगेर सम्मान गरेका छन् । दिनभर हामी नवलपरासीको विकास र सम्मृद्धिको बिजयलाई शुनिश्चित गर्नुहुने मतदाताहरुको घरदैलौमा पुगेर उहाँहरुलाई सम्मान गर्दैर्छौं,’ चौधरीले भने । शुक्रबार दिउँसो चौधरीले प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा गाउँको मुसहर टोलका मतदातालाई सम्मान गरेर उक्त अभियान शुरु गरिएको चौधरीले जनाए । चुनावअघि मतदाताले चौधरीसँग चुनाव जितेपछि फेरि फर्किएर नआउने हो कि भन्ने आशंका व्यक्त गरेका थिए । नवलपुरमा लामो समयदेखि औद्योगिक ग्राम सञ्चालन गर्दै आएका चौधरीलाई पार्टीले पश्चिम नवलपरासीमा उम्मेद्वार बनाएको थियो । आफू उम्मेद्वार भएपछि चौधरीले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग खोल्नका लागि शिल्यानास गरिसकेका छन् ।
अहिले उनी आफूले यहीँ उद्योग खोलेको र यहाँ आइरहने कुरामा जनतालाई विश्वस्त बनाउन चाहन्छन् । साथै लामो समयदेखि अवरुद्ध विकासको मुल आफूले ५ वर्षमा फुटाउने उनको योजना स्थानीयलाई सुनाइरहेका छन् ।