बैंक अफ काठमाण्डूको लाभांशसहित मर्जर सम्बन्धी प्रस्ताव पारित


काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको २८औं वार्षिक साधारणसभाले बैंक संचालक समितिले प्रस्ताव गरेको २०.९५ प्रतिशत पारित गरेको हो । योसँगै बैंकका सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र १४.९५ प्रतिशतका दरले नगद लाभांश पाउनेछन् । यस्तै, सभाले ग्लोबल आइएमई बैंकसँग मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ । सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।
 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *