रिलायन्स लाइफ इन्स्योरेन्स र बिएनसी अस्पतालबीच सम्झौता


काठमाण्डौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता भएको छ । सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानीय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम पश्चात् इन्स्योरेन्सले इटहरी स्थित सनसाइन मेडिकल एण्ड डाइग्नोस्टिक सेन्टर र विराटनगरस्थित ओम साई मेडिकल ल्याबसँग पनि मेडिकल अन्डर राइटिङका लागि सम्झौता भएको जनाइएको छ । कम्पनीका ग्राहकलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेकअप सुविधा प्राप्त होस् भनेर सो सम्झौता गरिएको कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *