होण्डाको दशैंतिहार स्किमका विजेता घोषणा, थापाले जिते १५ लाख


काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको दशैं तथा तिहार स्किमको विजेता घोषणा भएका छन् । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले स्किमको विजेताहरु घोषणा गरेको हो । यस योजना अन्तर्गत ग्राहकहरूले ७ प्रदेशबाट एक(एक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।जसमा प्रदेश १ बाट सत्य साइ अटो सिटीका दुर्गा सापकोटा प्रदेश २ बाट मिसिका इन्टरप्राइजेजका अमित कुमार शाह, प्रदेश ३ बाट एसटिसि टेकुबाट मनिशा बज्राचार्य, प्रदेश ४ बाट कँवर ब्रदर्सका कृष्ण कुमार आले, प्रदेश ५ बाट अम्रित इन्टरनेशनलका बिष्णु पोखरेल, प्रदेश ६ बाट डाँफे अटोपार्टस एण्ड सप्लायर्स सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेडर्सबाट लक्ष्मण भट्टले १ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसैगरी, सिद्धी बिनायकका चन्द्र बहादुर थापाले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *