इन्भेष्टमेण्ट बैंकले स्कारपिओ र टिप्पर बेचेर रकम असुल्दै


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले ऋण कर्जाको धितो सवारी साधन सम्पतिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीले पौष १७ गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ । रामकृष्ण अधिकारीको नाममा मालपोत कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा दर्ता कायम रहेको वडा नं. ८ स्थित कित्ता नम्बर २११ को जम्मा क्षेत्रफल ०–८–० विगाह जग्गा र सोहिमो जग्गामा बनेका घरहरु समेत बिक्री गरिनेछ । यस्तै, सवारी धनी नेपाल इन्भेष्टमेण्ट बैंक रहेको ऋणी पुरुषोत्तम अधिकारीको बा १७ च ५६३८ नम्बरको महिन्द्रा एण्ड महिन्द्रा मोडलको महिन्द्रा पिकअप स्कारपिओ गाडी र ना ७ ख २१४१ नम्बरको टाटा एचसीवी टिप्पर बिक्री गर्ने भएको हो । साथै व्यक्तिगत जमानी दिएका र धितो सुरक्षण दिएकाले लिलाम बिक्री हुने समय अगावै आफूले कबूल गरेको रकम ऋणीलाई तिर्न लगाउनुहुन वा आफैले तिरी आफ्नो दायित्व पुरा गर्नुहुन बैंकले अनुरोध गरेको छ । उक्त सम्पतिहरु के कति रकममा किन्ने हो प्रष्ट खुलाई आवेदन पेश गर्नु पर्नेछ । बोलपत्र साथ आफूले कबुल गरेको रकमको कम्तिमा १० प्रतिशत रकम धरौटी जम्मा गर्नुपर्नेछ । सिलवन्दी बोलपत्रहरु पौष १८ गते वा उक्त दिन विदा परे भोलिपल्ट दिनको ३ बजे खोलिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *