ताइवानले बेइजिङसम्म हान्न सक्ने सुपरसोनिक मिसाइल बनाएको खुलासा
काठमाडौँ । चीनसँग विवाद बढिरहेको बेला ताइवानले आफ्नो मिसाइल क्षमता वृद्धि गरेको खुलासा भएको छ । ताइवानको सेनाको शीर्ष अनुसन्धान इकाईका पूर्व प्रमुखले ताइवानले एक हजार किलोमिटरसम्म मार गर्न सक्ने जमिनमा आक्रमण गर्न सक्ने सुपरसोनिक क्रुज मिसाइल विकास गरेको बताएका छन् । ताइवानको यो मिसाइलले बेइजिङलाई समेत ध्वस्त पार्न सक्ने मिडिया रिपोर्टमा बताइएको छ ।
ताइवानको हतियार बनाउने सरकारी कम्पनी नेशनल चंक शान इन्स्टिच्युटका रिटायर्ड रियर एडमिरल कुङ चिया चेङले यो मिसाइलको बारेमा बायोग्राफीमा खुलासा गरेका हुन् । ताइवानको यो घरेलु क्रुज मिसाइल युन फेंग प्रोजेक्ट अन्तर्गत बनाइएको हो र यसको कोड नाम W-99 हो । यो क्षेप्यास्त्र Mach 3 को सुपरसोनिक गतिमा आक्रमण गर्न सक्षम रहेको उनले उल्लेख गरेका छन् । यो क्षेप्यास्त्रको उच्च गति रहेको र यसलाई रोक्न सजिलो नभएको उनले बताएका छन् ।
यो मिसाइल बनाउँदा अमेरिका र रुससँग मात्रै यस्तो घातक मिसाइल रहेको कुङले बताएका छन् । यो मिसाइल ताइवानका पूर्व राष्ट्रपति ली टेङ हुईले बनाएका हुन् । कुङले भने कि ताइवानको सेनाले एक पटक सम्पूर्ण परियोजना त्यागेको थियो किनभने संस्थानले क्रूज मिसाइल बनाउन सक्छ भन्ने विश्वास नगरेको थियो । यद्यपि लीका उत्तराधिकारी चेन शुई बियानले आफ्नो कार्यकालमा संस्थानको भ्रमण गरे र परियोजनालाई अनुमोदन गरेका छन् ।
यो स्वदेशी सुपरसोनिक क्रुज मिसाइलको विकासमा कुङ पहिलो व्यक्ति भएको बताइएको छ र यसले १००० किलोमिटरसम्म मार गर्न सक्ने पुष्टि गरेको छ । ताइवानी नेता यु सि कुनले पनि अनलाइन भाषणमा यस्तै दाबी गरेका छन् । युले भने, ‘ताइवानले चीनमाथि आक्रमण गर्दैन, तर ताइवानले आक्रमण गर्नुअघि चीनले ताइपेईले बेइजिङलाई निशाना बनाउन सक्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । उनले यो क्षेप्यास्त्रको ठूलो मात्रामा उत्पादन औपचारिक रुपमा सुरु भएको जानकारी दिए ।