उम्मेदवारी फिर्ता लिन सभापति देउवालाई गगनको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले सभापति देउवालाई उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्न आग्रह गरेका हुन् ।
उनले आफ्नो समर्थन गर्ने सांसदहरुलाई धन्यवाद दिदै कांग्रेसका सबै सांसदहरुलाई परिवर्तनको पक्षमा लाग्न समेत अपिल गरेका छन् । थापाले कांग्रेस नेता डा. शेखर कोइरालाको प्रस्ताव तथा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलको समर्थनमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै कांग्रेस सभापति देउवाले पनि वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव तथा उपसभापति पूर्णबहादुर खड्काको समर्थनमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।