आईएमईको चाडपर्व लक्षित अफरका विजेतालाई चेक हस्तान्तरण


काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको अफरका विजेता मेखलाल तामाङ बनेका छन् । मेखलालको सिफारिसमा कम्पनीले बेलीमाया तामाङलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । काठमाडौंको पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित अफरको विजेता मेखलाल बनेका थिए । मेखलालले मलेसियाबाट आईएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *