सत्तागठबन्धनको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताहरुको बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा जारी छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न चार बजे पद तथा गोपनियताको शपथ कार्यक्रम अगावै केही मन्त्रीको टुंगो लगाउन सो बैठक केही समयअघि सुरु भएको हो ।

नवनियुक्त प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेता सहभागी छन् ।

सरकारमा सहभागी हुने मन्त्री छान्न दलहरुको आन्तरिक तयारी लगत्तै सामूहिक छलफल सुरु भएको हो । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा पनि नेताहरुबीच छलफल भएको थियो । यसै विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि आन्तरिक छलफल गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *