न्यूनतम् साझा कार्यक्रम बनाउन गठित कार्यदलले बनाउन सकेन मस्यौदा

काठमाडौं । सरकारको न्यूनतम् साझा कार्यक्रम बनाउन गठित कार्यदलले अझै मस्यौदा बनाउन सकेको छैन ।

सत्ता गठबन्धन दलको गत बिहीबार बसेको उच्चस्तरीय बैठकले पाँच दिनको समय तोकेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु् पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । संयोजक पौडेललाई माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले न्यूनतम् साझा कार्यक्रममा समावेश गर्नुपर्ने विषय बुझाइसकेका छन् । तर अहिलेसम्म कार्यदलका सदस्यहरु एकै ठाउँमा बसेर मस्यौदा तयार पार्न सकेका छैनन् ।

अर्थमन्त्रीसमेत रहेका संयोजक पौडेलले सरकारमा सहभागी दलले न्यूनतम साझा कार्यक्रमका लागि पेस गरेका बुँदालाई अधिकत् समावेश गर्ने बताए । उनले केही दिनभित्रै कार्यदलको बैठक बसेर मस्यौदा तयार पारिने जानकारी दिए ।

सरकारको साझा कार्यक्रममा राजनीतिक असन्तुष्टिका बुँदालाई फरक ढंगले राख्ने र जनचासोका विषयलाई मात्र समावेश गर्ने भद्र सहमति भएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *